नेपालले चाइनिज ताइपेईसँग खेल्दै

काठमाडौँ - भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ।

खेल फु थोस्थित भियत त्रि स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ। समूह ‘एफ’ मा ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो र सान्त्वना जितको खोजीमा रहँदा ताइपेई पनि पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ।

दुवै टोली समूह चरणको १ खेल बाँकी छँदै अंकविहीन भएर प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्यसकारण दुवै टोली अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चहान्छ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले तथा दोस्रो खेलमा भियतनामसँग ५-० ले पराजित भएको थियो। नेपाल समूहमा पुछारमा तथा ताइपेई गोल अन्तरमा नेपालभन्दा माथि अर्थात तेस्रो स्थानमा रहेको छ। ताइपेई पनि भियतनामसँग ४-० र थाइल्यान्डसँग ३-१ ले पराजित भएको थियो।

भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान ६ अंक नै रहेपनि थाइल्याण्ड गोलअन्तरमा दोस्रोमा रहेको छ। आज नै समूह विजेताका लागि भियतनाम र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

एसियाका ४४ राष्ट्रले १० अलग अलग समूहमा छनोट खेलिरहेका छन्। हरेक समूहको विजेता स्वत अन्तिम चरणमा प्रवेश गर्नेछ। सबै समूहका गरि उत्कृष्ट ६ उपविजेताले अन्तिम राउन्डमा प्रवेश पाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×