अभियन्ता आशिका तामाङले राजनीतिक नैतिकताको विषय उठाउँदै कुलमान घिसिङमाथि सार्वजनिक रूपमा प्रश्न गरेकी छन्। उनले राजनीतिक दलभित्र उपसभापतिको जिम्मेवारी सम्हालिसकेको व्यक्तिले मन्त्री पद गुम्ने डरले आफू पार्टीको सदस्य होइन भन्नु कुन हदसम्म नैतिक हुन्छ भन्ने प्रश्न उठाएकी हुन्।
आशिकाले भनिन्, “पार्टीको उपसभापति भइसकेको मान्छेले आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको सदस्य होइन भन्नु कुन नैतिकताले दिन्छ?”