बुधबार साँझसम्ममा सभापतिको साझा उम्मेदवारको नाम बाहिर ल्याउँने रामचन्द्र पौडेलको भनाई

काठमाडौँ।  साझा उम्मेदवार चयनका सन्दर्भमा मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार (भोलि) साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका छन्। उनले भने, ‘साझा उम्मेदवार चयनका लागि विभिन्न कोणबाट छलफल गरौँ। हामी सहमतिको करिब नजिक नजिक छौँ। केही प्रक्रिया पुरा गर्न बाँकी छ। त्यो प्रक्रिया पुरा गरेर भोलि साँझसम्म निर्णय सार्वजनिक गर्छौँ।’

पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवार तय हुनेमा विश्वस्त हुन पनि आग्रह गरे। पौडेल समूहमा पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहको सभापतिमा दाबी छ। आजको बैठकमा महामन्त्री कोइरालाले आफू सभापतिको दाबी छोड्न तयार रहेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×