मिस्टर एण्ड मिस थारुका लागि ५१ जना भिड्ने

काठमाडौँ - थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ लागि  ५१ प्रतियोगी भिड्ने भएका छन्। देशभर आयोजित प्रतियोगिताको प्रारम्भिक अडिसनबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी छनौट भएका हुन्।

प्रतियोगिताको छनौट चरणको अडिसनमा काठमाडौं, बुटवल, दाङ, विराटनगरबाट, लहानबाट, टीकापुरबाट , झुम्काबाट , वीरगञ्जबाट , भरतपुरबाट , नेपालगञ्ज लगायतका ठाउँमा भएको थियो। अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगी विशेष प्रशिक्षण सहित फाइनलमा उत्रिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिएका छन्।

प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन्। सन् २०१७ देखि यो प्रतियोगिताको सुरुवात भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×