"कांग्रेस सभापति पदमा उम्मेदवारी दिने गगन थापाको औपचारिक घोषणा"

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

पुस २६ देखि २८ गते काठमाडौंमा हुने महाधिवेशनका लागि मंसिर १५ गते कांग्रेस केन्द्रीय समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिका सार्वजनिक भएसँगै थापाले सभापति पदमा उम्मेदवारी दिने निर्णय पक्का भएको बताए।

हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रमका लागि पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा थापाले भने,
“म १५औँ महाधिवेशनको सभापति पदका लागि उम्मेदवार हुँ। कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनेमा म विश्वस्त छु।”

थापाले पार्टीभित्र नेतृत्वको पुस्तान्तरण, सुधार–परिवर्तन र संगठन सुदृढीकरण आफ्नो एजेन्डा हुने पनि संकेत दिए।

कांग्रेसमा हाल नेतृत्व परिवर्तनको अपेक्षा बढेको अवस्थामा थापाको घोषणालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×