ढल्केवर। प्रदेश २को ढल्केवर, धनुषामा हाल दोस्रो औद्योगिक व्यापार मेला भइरहेको छ। सोहि मेलामा आफ्नो प्रस्तुती दिन शनिबार र्यापर समीर घिसिङ्ग (भिटेन) जाने भएका छन्। पुस ४ सम्म चल्ने औद्योगिक व्यापार मेलामा भिटेन आउने भएपछी सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइनेछ। मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत कुराहरू प्रदर्शनीमा राखिएको छ।