चर्चित अभिनेत्री उत्तरा बाओकरको निधन

काठमाडौँ - हिन्दी र मराठी चलचित्रकी प्रख्यात अभिनेत्री तथा थिएटर कलाकार उत्तरा बाओकरको बुधवार पुणेमा निधन भएको छ। उनी ७९ वर्षकी थिइन्।

तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म र दोघी, उत्तरायण, रेस्तरां, संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी बाओकरले दिल्लीको प्रतिष्ठित नेशनल स्कुल अफ ड्रामाबाट अभिनयको अध्ययन गरेकी थिइन्।

सन् १९४४ मा महाराष्ट्रको सांगली जिल्लामा जन्मेकी बाओकरले पद्मावती, मीना गुर्जरी, तुघलक, छोटे सैयद बडे सैयद र उमराव जान जस्ता चर्चित नाटकहरूमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। उनले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना, जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलमा अभिनय गरेकी छिन्।

बाओकरलाई हिन्दी थिएटरमा उनको योगदानको लागि सन् १९८४ मा सङ्गीत नाटक अकादमीबाट सम्मानित गरिएको थियो। उनले मृणाल सेनको फिल्म ‘एक दिन अचानक’का लागि सन् १९८८ मा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।

बाओकरको निधनपछि धेरै व्यक्ति तथा सङ्घसंस्थाले ट्विट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×