काठमाडौँ - अभिनेता बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन्। बुद्धिले आज (शुक्रवार) मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्। भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह भएको हो।
विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरूको सहभागीता रहेको थियो। केही कलाकारहरूसमेत बुद्धिको विवाहमा पुगेका थिए।
स्नातक तहमा अध्ययनरत अनु र बुद्धिको मागी विवाह भएको हो। ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन्।