इन्टर मिलानको सहज जित

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सहज जित निकालेको छ। गएराति भएको खेलमा इन्टर मिलानले मिलानले क्रेमोनेसेलाई ३-१ ले पराजित गरेको हो।

इन्टर मिलानलाई सहज जित दिलाउनको लागि जोआक्विन कोरेआ, निकोलो बरेल्ला र लोउटारो मार्टिनेजले समान १-१ गोल गरेका थिए। क्रेमोनेसेका डेभिड ओकिरेकीले १ गोल फर्काएका थिए।

खेलको १२औं मिनेटमा जोआक्विन कोरेआल गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। ३८औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे।

७६औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए। अन्तिम समयमा क्रेमोनेसेका डेभिड ओकिरेकीले १ गोल फर्काएका थिए।

यो जितसँगै इन्टर ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित क्रेमोनेसे अंकविहीन हुँदै १९औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×