काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को पुस ९ गतेसम्म १८ औँ नगर अधिवेशनमा खर्च विवरण प्रस्तुत गरेको छ। उपप्रमुख सुनिता डंगोलका अनुसार कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म केवल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ।
खर्चको विवरण अनुसार चालू खर्च २४.४४ प्रतिशत र पुँजीगत विकास खर्च १२.३९ प्रतिशत रहेको छ। सबैभन्दा बढी खर्च प्रशासनिक क्षेत्रमा ४५.९९ प्रतिशत भएको जानकारी दिइएको छ।