एजेन्सी - पोल्याण्डले रुससँगको विश्वकप छनौट अन्तर्गतको प्ले–अफ बहिष्कार गर्ने घोषणा गरेको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा पोल्याण्डको फुटबल एसोसिएसनले आउँदो मार्च २४ गते मस्कोमा हुने तय भएको प्ले–अफ बहिष्कार गर्ने निर्णय गरेको हो।
मार्च २४ मै प्ले–अफका लागि युक्रेनी टोली स्कट्ल्याण्ड जाने तयारी छ।
यसअघि पोल्याण्ड, स्वीडेन र चेक गणतन्त्रले संयुक्त वक्तव्य निकालेर प्ले–अफ खेलहरु रुसमा हुन नहुने माग गरेका थिए। विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार यसबारे छलफल भइरहेको बताएको थियो।