पाकिस्तान इंग्ल्यान्डसामु ‘ह्वाइटवास’ हुँदै

काठमाडौँ - पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्ड उसको भूमिमा दुर्लभ ‘ह्वाइटवास’ को नजिक पुगेको छ। इंग्ल्यान्ड सोमबार तेस्रो तथा अन्तिम टेस्टको तेस्रो दिनको समाप्तीमा जितबाट ५५ रन मात्र टाढा रहेको छ र उसको ८ विकेट बाँकी छन्।

दिनको खेल समाप्त हुँदा जितका लागि १ सय ६७ रन पछ्याइरहेको इंग्ल्यान्डले २ विकेट गुमाएर १ सय १२ रन बनाएको छ। पाहुना टिमका लागि बेन डकेट ५० र कप्तान बेन स्टोक्स १० रन बनाएर खेलिरहेका छन्।

३ टेस्ट सिरिजको सुरुवाती २ खेल जितेर २-० ले अगाडि रहेको इंग्ल्यान्डले अब चौथो दिन पाकिस्तानलाई हराएर ऐतिहासिक जित निकाल्न सक्षम हुनेछ।

पाकिस्तान आफ्नो दोस्रो इनिङ्सान २ सय १६ रन बनाएर अलआउट भएपछि इंग्ल्यान्ड बलियो स्थिति पुगेको हो। त्यसमा बाबर आजमले ५४ र सउद सकिलले ५३ रन बनाएका थिए। यी २ ब्याटरलाई छाडेर अरू कसैले पनि गतिलो योगदान दिन सकेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×