श्रीलंकासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो अफगानिस्तान

काठमाडौँ - जारी आइसीसी टी-२० विश्वकपमा मंगलबार भएको खेलमा अफगानिस्तान श्रीलंकासंग पराजित भएको छ। श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान जारी विश्वकपबाट बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले श्रीलंकासामू १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसले ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो। श्रीलंकाका लागि धनञ्जय डी सिल्भाले नटआउट ६६ रन बनाए। ४२ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

४ खेलबाट ४ अंक बटुलेको श्रीलंकाका लागि अर्को चराणको सम्भावना कायमै रहेको छ। श्रीलंकाले यो चरणको अन्तिम खेल इङ्ल्याण्डको सामना गर्ने छ भने अफगानिस्तानले अन्तिम खेल अस्ट्रेलियासँग खेल्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×