गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ। सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो।
पोखरेल आइतबार देखि नै अस्वस्थ थिए। रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए। उनलाई अहिले पनि ज्वरो आइरहेको छ। अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनी सरकारी निवासमै आराम गरिरहेका छन्।