बहुद्देश्यीय भवन शिलान्यास

काठमाडौँ - हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा रु. ४७ करोड ७२ लाखका लागतमा निर्माण हुन लागेको बहुद्देश्यीय भवनको शिलान्यास गरिएको छ।

हेटौँडा उपमहानगरपालिकाद्वारा निर्माण हुन लागेको सो ११ तल्लाका भवनको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरे। सो भवनमा भ्युटावरसहितको बहुद्देश्यीय भवनमा सबैभन्दा तल दुई तल्लाको अन्डरग्राउण्ड, चारैतिरबाट लिफ्ट, दुईवटा भर्याङलगायतका भौतिक संरचना निर्माण हुने सो उपमहानगरपालिकाका पूर्वाधार निर्माण महाशाखा प्रमुख सत्यनारायण शाहले जानकरी दिए। लामा, रसुवा र बानियाँ जेभी कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण सुरु भएको सो बहुद्देश्यीय भवन तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ। सो अवसरमा प्रमुख महतले विकास निर्माणको कार्यमा हेटौँडा उपमहानगरपालिका अगाडि रहेको जनाउँदै यो भवनको निर्माणबाट उपमहानगरपालिकाको आम्दानीमा वृद्धि हुने विचार व्यक्त गरे।

शिलान्यास कार्यक्रम हेटौँडा उपमहानगरपालिका  वडा–४ वडाध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×