काठमाडौँ - नेपाली ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजानिक गरेको छ । कम्पनीले सो अफर पुस १५ गतेसम्म संचालनमा रहने जनाएको छ । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा कम्पनीले वार्षिक रुपमा विन्टर छुट योजना चलाउने गरेको छ ।
यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा रहेको सोनमका सोरुमहरुमा यी अफर पाईने कम्पनीले जानकारी दिएको छ ।