अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘मिसिङ’को ट्रेलर

काठमाडौँ - अस्ट्रेलियाको ब्रिस्बेनस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारी अचानक गायव हुन्छन्। ती कर्मचारी किन हराए? खोजीमा के कस्ता प्रयास गरिएका छन्? यीनै विषयवस्तुलाई आधार बनाएर अष्ट्रेलियाको ब्रिस्बेनमा एउटा नेपाली फिल्म नै निर्माण गरिएको छ।

‘मिसिङ’ शीर्षकको उक्त फिल्ममा हराएका कर्मचारी खोज्ने उतारचढावलाई थ्रिलिङ शैलीमा देखाउने प्रयास गरिएको छ।

यो फिल्मको ट्रेलर यूटयुबमार्फत सार्वजनिक भएको छ। गत जनवरीमा ब्रिस्बेन र गोलकोष्ट क्षेत्रमा यो फिल्मको सुटिङ गरिएको हो। अहिले यो फिल्म पोस्ट प्रोडक्सनमा छ। ९० मिनेट लामो यो फिल्मलाई सचिन थापा फिल्म्सले निमार्ण गरेको हो।

सचिन थापाको कथा तथा निर्देशनमा बनेको यो फिल्मको निर्मातामा हीमा लामा थिङ तथा सचिन थापा रहेका छन्। किरण माइकल यो फिल्मका लेखक हुन्। यो फिल्ममा सचिन थापा, देव नेपाली, मिलन मिश्र, दिनेश कार्की, तारा बम्जन, बबिता खत्री र पेमा थिलेङ तामाङको अभिनय छ।

कृष्ण सुबेदी यो फिल्मका छायांकार हुन्। आफ्नो करियरको पहिलो फिल्म भएकाले आफू निकै उत्साहित भएको निर्माता थापाको भनाइ छ।

सन् २०१२ तिर नेपालमा प्लस टु पढ्दा हरर स्टोरी लेखेर फिल्म बनाउन लागे पनि सफल नभएको थापाको अनुभव छ। त्यसपछि अष्ट्रेलिया आएर पढाई र पिआरको टुंगो लागेपछि आफ्नो युवा अवस्थाको धोको पुरा गर्न फिल्म निमार्ण गरेको उनको भनाइ छ।

सन् २०२३ को मार्च अन्तिम सातादेखि अष्ट्रेलियाका विभिन्न शहरमा यो फिल्म प्रर्दशनमा आउने छ। नेपालका मल्टिप्लेक्समा समेत यो फिल्म प्रदर्शन गर्ने निमार्ण पक्षले तयारी गरेको छ। यो फिल्मको निर्माणमा ५० हजार डलर बढी खर्च गरेको दावी गरेका छन्।

क्राईम मिस्ट्री विधामा आधारित यो फिल्म ब्रिस्बेनस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयमा हराएको व्यक्तिको वरिपरि घुमेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×