‘गंगुबाई काठियावाडी’मा यस्तो देखिएका छन् अजय देवगण

काठमाडौँ। बहुप्रतिक्षित बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ फ्रेब्रुअरी २५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिनेछ। हालसम्म चलचित्रको पोस्टरमा अभिनेत्री आलिया भट्टलाई मात्र देखिएको थियो।

तर, हालै निर्माण पक्षले चलचित्रको एक नयाँ पोस्टर मार्फत अभिनेता अजय देवगणलाई प्रस्तुत गरेको छ। आलिया भट्ट मुख्य भूमिकामा रहने चलचित्रको उक्त पोस्टरमा अजय भिन्दै गेटअपमा देखा परेका छन्। अजय चलचित्रमा नकारात्मक भूमिकामा देखिनेछन् भने आलिया यौनधन्दा सञ्चालन गर्ने गंगुबाईको भूमिकामा देखिनेछिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×