नवौँ राष्ट्रिय खेलकुदमा जुट्न आग्रह

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह गरेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीले शनिबार पोखरामा विभिन्न संघसंस्थाहरूसँग गरेको अन्तरक्रियामा राखेपका सदस्यसचिव घिसिङले प्रतियोगिता सफल पार्न आग्रह गरेका हुन्।

‘हामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौँ, गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी पोखरेलीहरूको काँधमा छ, घिसिङले भने, ‘म गण्डकी प्रदेशवासीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु।’

नेपालको नयाँ खेलकुद ऐन कार्यान्वयनसँगै पहिलोपटक हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्व छुट्टै रहेको उनले बताएका छन्। ‘हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दै छौँ,’ उनले भने, ‘त्यसैले पनि यसको महत्व र मर्मबारे बुझ्न आवश्यक छ।’ राखेपका सदस्यसचिव घिसिङले २८ असोजमा प्रतियोगिताको उद्घाटन र ३ कात्तिकमा समापन हुने उनले बताएका छन्।

‘राष्ट्रिय प्रतियोगिताअन्तर्गत हुने खेलहरू अवलोकनका लागि कुनै टिकटको व्यवस्था गरिएको छैन। भलिबल र फुटबलका सेमिफाइनलबाट टिकटको व्यवस्था गर्न लागेका छौँ,’ घिसिङले भने। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्षपछि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×