बाल गायक प्रिन्स सिलवालकाे तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक

काठमाडाैँ - चितवनका बाल गायक प्रिन्स सिलवालकाे तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएकाे छ।

हरितालिका तीज पर्वलाई लक्षित गरी तयार पारिएकाे साे गीतमा बाध्यताले विदेशीनु परेको बुवा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई  कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक गरिएकाे साे गीतकाे स्वरमा प्रिन्स सिलवाल र सन्ध्या बुढा (काउलीबुढी)लको स्वर रहेको छ। गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गरेका छन्।

गीतकाे भिडियोमा प्रिन्ससँगै सन्ध्या बुढा,नम्रता शर्मा लगायतका कलाकारकाे अभिनय रहेकाे छ। सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियो माधव शर्माले निर्देशन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×