परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन बुधबार ढाका प्रस्थान गरेका छन्। १६ पुसमा काठमाडौंबाट प्रस्थान गरेका मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि रहेका छन्। उनको भ्रमण कार्यक्रमअनुसार मन्त्री शर्मा पुस १७ गते बिहीबार स्वदेश फर्किनेछन्। प्रधानमन्त्रीका रूपमा बेगम खालिदा जियाले नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न उनी ढाका गएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×