बार्सिलोनाले यसै समरमा क्लबमा आबद्ध गरेका ५ मध्ये ४ खेलाडीले ला लिगा खेल्न पाउने

काठमाडौँ - क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगाका लागि यसै समरमा क्लबमा आबद्ध गरेका ५ मध्ये ४ खेलाडीलाई ला लिगामा दर्ता गरेको छ।

ला लिगाले बार्सिलोनाले यसै समरमा आबद्ध गरेका ५ मध्ये ४ नयाँ खेलाडी दर्ता भएको र लिग खेल्न योग्य भएको जनाएको छ। रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टेनसेन ला लिगामा दर्ता भएका छन्।

दर्ता भएका चारै खेलाडीले सिजनको पहिलो खेल खेल्न पाउनेछन्। डिफेन्डर जुल्स कुन्डे दर्ता भएका छैनन्। बार्सिलोनाले सिजनको पहिलो खेलमा शनिबार राति रायो भालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको ला लिगाको शुरुवात गर्नेछ।

फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनालाई खेलाडी दर्ता गर्न समस्या भइरहेको छ। चरम आर्थिक समस्याको बाबजुत बार्सिलोनाले यो समरमा स्टार ५ खेलाडी अनुबन्ध गरेको थियो। आर्थिक समस्या हुँदा समेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गरेको थियो।

यस्तै सम्झौता नविकरण गरेका औसमाने डेम्वेले र सजी रोबर्टाे पनि ला लिगामा दर्ता भएका छन्। कुन्डे दर्ताको लागि बार्सिलोनाले पारिश्रमिकमा व्यापक कटौती गर्न आवश्यक छ। कुन्डे दर्ताका लागि क्लबले क्लबको टेलिभिजन अधिकार र उनीहरुको मिडिया उत्पादनको शेयर बेच्ने योजनामा छ।

शुक्रबार बार्सिलोनाले १ सय मिलियन युरोको अतिरिक्त २४.५ प्रतिशत बार्साको स्टुडियो बेचेका थिए। जसले ला लिगालाई सन्तुष्ट पार्न र बार्सिलोनालाई केही नयाँ खेलाडी दर्ता गर्न सहज भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×