काठमाडौँ - सोमबारबाट भारतमा सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा नेपाली फुटबल टिमको कप्तानी आयुष घलानले गर्ने भएका छन्।
मिडफिल्डर आयुषले पहिलो पटक उमेर समुहको कप्तानी गर्न लागेका हुन। राष्ट्रिय टिमका सदस्य समेत रहेका आयुषले बी डिभिजन लिगबाट सोझै सिनियर टिममा स्थान बनाएका थिए। राम्रो संभावना बोकेका आयुष १ बर्ष भन्दा बढि समयदेखि नियमित रुपमा सिनियर टिमबाट खेल्दै आएका छन्।
उनले फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनी माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा टिमको महत्वपुर्ण सदस्य रहेका थिए। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो संस्करणको नेपाल सुपर लिग पछि आयुषलाई सोझै सिनियर टिममा तानेका थिए।
उनले २०७६ सालमा भएको बी डिभिजन लिगमा खुमलटार युथ क्लबबाट खेलेका थिए। यस्तै चोटका कारण अन्तिम समयमा दिपेश राई घाइते भएपछि उनको स्थानमा रोहित शुब्बालाई टिममा राखेको छ। रोहित यसअघि ३० खेलाडीको सूचीबाट बाहिरीएका थिए।
दिपेश चोटको कारण ३ महिना मैदान बाहिर हुने भएका छन्।
नेपाली टिम
गोलरक्षक - युनेश चौधरी, ईश्वर गुरुङ र जियारथ शेख
डिफेन्डर - सृजन धानी, रोशन थापा, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ र अभिषेक वाइबा
मिडफिल्डर - कृतिश रत्न छुन्जु, सुगम सुवाल, दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, मनग्य नकर्मी र आयुष घलान
फरवार्ड - निरञ्जन मल्ल, रोहन खड्गी, रोहित सुब्बा