उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ - बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ।

नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ। यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ। बंगलादेशलाई हराएर नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ। नेपाललाई उपाधि जित्न बंगलादेशविरुद्ध बराबरीकै नतिजा पर्याप्त हुनेछ।

राउन्ड रोविनको पहिलो खेलमा बंगलादेशलाई १-० ले हराएको नेपाल सोही जितको लयलाई निरन्तरता दिन लक्ष्यमा मैदान उत्रनेछ। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटान चार खेलमा गोल र अंकविहीन हुँदै बाहिरिएको छ।

बंगलादेशलाई उपाधि जित्न नेपालविरुद्ध निश्चित जितको खाँचो छ। बंगलादेश लिग चरणमा भोगेको १-० को हारको बदला लिदै च्याम्पियन बन्ने दाउँमा हुनेछ। नेपालले राउन्ड रोविन लिगमा भुटानलाई ७-० र १-० ले पराजित गर्दा बंगलादेशलाई १-० ले नै पराजित गरेको थियो। यता, बंगलादेशले भुटानलाई ८-० र ९-० ले पराजित गर्दा नेपालसँग १-० ले पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×