काठमाडौँ । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।
स्थानीयवासीलाई उद्धृत गर्दै अफगानिस्तानका समाचार एजेन्सीहरूले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी शहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विष्फोट भएको हो।
गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विष्फोटक पदार्थ पड्किदा छ बालबालिका र एक व्यापारीको मृत्यु भएको थियो।