नेसन्स लिगमा स्पेन र पोर्चुगल बराबरीमा रोकिए

काठमाडौँ - रिकार्डो होर्टाले देशका लागि पहिलो गोल गरेको दिन पोर्चुगलले बिहीबार राति यूईएफए नेसन्स लिगमा स्पेनसँग १–१ को बराबरी खेलेको छ। 

सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्पेनले २५औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो। गाभीको सहयोगमा पाब्लो सराबियाले दिएको पासलाई मोराटाले पोष्ट दिशा दिएका हुन्। 

क्लब ब्रागाका होर्टाले खेल सकिन आठ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएपछि पोर्चुगल एक अंक खोस्न सफल भएको थियो। होर्टाले २०१४ मा पहिलो पटक पोर्चुगलका लागि खेलेका थिए। उनी ७२औं मिनेटमा राफेल लियोको स्थानमा मैदान छिरेका थिए। 

पछिल्लो १० वर्षयता स्पेन र पोर्चुगलले यो अवधिमा सँधै बराबरी खेलिरहेका छन्।

पछिल्लो चार खेलमा स्पेन र पोर्चुगलले सबैमा बराबरी खेलेको छ। यस बराबरीसँगै लिग ‘ए’ समूह २ मा स्पेन र पोर्चुगलले समान एक अंक जोडेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×