काठमाडौँ - युएस ओपन टेनिसमा महिला एकलतर्फ साविक च्याम्पियन एम्मा राडुकानु जारी सिजन पहिलो चरणमा नै पराजित भएकी छिन्। उनी सोझो सेटमा फ्रान्सकी अलिज कर्नेटसँग पराजित भएकी हुन्।
१९ वर्षीया राडुकानुले गत सिजन टिनएजमा नै सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वलाई चकित पारेकी थिइन्। तर यो पटक उनको प्रदर्शन सम्झनलायक रहेन। ब्रिटिस नम्बर १ राडुकानु अनुभवी कर्नेटसँग ६-३ र ६-३ ले पराजित भइन्।
युएस ओपनको पहिलो चरणमा नै पराजित भएकी ११ औँ वरीयतामा रहेकी राडुकानुको वरीयता यो पराजयले थप खस्काउने छ।