काठमाडौँ - गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ। वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ। फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने आमाबुबाको कथा पनि भनेको छ।
रोगले ग्रस्त बाबुको परदेशीएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टिका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुःख हेर्ने आमाको चाहना पुरा नभएको बिषय समेत फिल्मले देखाएको छ।
२० मिनेटको फिल्ममा सुवास प्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय रहेको छ। शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्मको पोष्टप्रोडक्सन चन्द्र विनायक फिल्मस्ले गरेको हो।