काठमाडौँ- पाचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी कात्तिक महिनाको अन्त्यतिर हुने भएको छ। ईपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना हुनेछ। चौथो संस्करणको उपाधि चितवन टाइगर्सले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै जितेको थियो।
चौथो संस्करणको ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धम्मिका प्रसाद, उपुल थारंगा, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शहजाद, रहमान उल्लाह गुरबाज, जिम्बावेका सिकन्दर राजा, रयान बर्ल र बंगलादेशका तामिम इकबाल जस्ता खेलाडीले खेलेका थिए।