‘पुष्पाः द राईज’को दोस्रो भाग २०२३मा प्रदर्शनमा आउने

भारत। दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको बहुप्रतिक्षित चलचित्र ‘पुष्पाः द राईज’को दोस्रो सिक्वल ‘पुष्पा: द रुल’ २०२३ मा प्रदर्शनमा आउने सम्भावना रहेको चलचित्रका निर्माणपक्षले बताएका छन्। चलचित्रका निर्माता मनीष शाहले हालै दिएको एक अन्तर्वार्तामा चलचित्रको दोस्रो भाग २०२३ मा प्रदर्शनमा ल्याउने तयारी रहेको जनाएका छन्।  

‘पुष्पाः द राइज’ गत वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको  थियो र राम्रो कमाई गरेको थियो। रक्तचन्दन तस्करीसम्बन्धी चलचित्रमा अल्लु अर्जुन 'पुष्पा'को भूमिकामा देखिएका छन् जो ठुलो रक्तचन्दन तस्करी बनेको छ। चलचित्रको दोस्रो भागमा यसपछिको कथा देखाईनेछ।

निर्माता मनिष शाहका अनुसार चलचित्रको छायांकन  यहि वर्षको मार्च वा अप्रिलमा सुरु हुनेछ। र, करिब २५० दिनको छायांकनपछि चलचित्र २०२३ मा प्रदर्शनमा ल्याइने तयारी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×