बन्ला त ‘कृ’ को दोस्रो सिक्वल ?

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता भुवन केसीले चलचित्र ‘कृ’ को दोस्रो सिक्वल बनाउने हल्ला यतिबेला चलेको छ। चलचित्र विकास बोर्डमा भने चलचित्र निर्माता सुवास गिरीको नाममा दर्ता भएको छ। चलचित्रमा अनमोल केसीले अभिनय गर्ने भएपछी भुवन पनि निर्माताको रुपमा जोडिएका हुन्। निर्माता सुवास गिरीले पनि केही समयअघि ‘कृ’ को सिक्वल बनाउने विषयमा कुरा भइरहेको बताएका थिए। 
 
यसैबिच भुवनले ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशक तथा भोजपुरी चलचित्रका निर्देशक चन्द्र पन्त र छायाँकार पुरुषोत्तम प्रधानसँग बुधवार भेटघाट गरेका छन्। उक्त भेटघाटको तस्विर बाहिर आएपछि चलचित्रको सिक्वल बन्न लागेको चर्चा अहिले सिने जगतमा चलेको छ। तर, निर्माता भुवन केसीले सो कुरालाई स्वीकारेनन् र आफूहरुबीच कफी भेटघाट मात्र भएको बताए।
 ।
खबरका अनुसार भुवन केसी र चन्द्र पन्त नयाँ  चलचित्रको तयारीमा रहेका छन्। 'कृ'को सिक्वल बन्ने/नबन्ने भन्ने कुरा भने समयले बताउला।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×