काठमाडौं - बलिउडका एक्शन अभिनेता टाइगर श्राफ स्टारर् ‘हिरोपन्ती–२’ को दोस्रो ट्रेलर पनि सार्वजनिक भएको छ। यो फिल्ममा दर्शकहरुले निकै एक्सन देख्न पाउनेछन्। पहिलो ट्रेलरमा टाइगरको दमदार एक्सन देख्न पाइएको थियो। फिल्मको दोस्रो ट्रेलरमा पनि टाइगरको देसी टड्का राखिएको छ।
टाइगरका फ्यानहरूले टाइगरको एक्सन र स्टाइल देख्न पाएपनि उनको वास्तविक टाइगरलाई भने मिस गरेका छन्। पहिलो र दोस्रो ट्रेलरमा एक्सन र संवाद निकै बलियो छ।