टलिउडका राजकुमार महेश बाबु जो चार अर्बका मालिक

काठमाडौँ - महेश बाबु एक प्रसिद्ध भारतीय अभिनेता र निर्माता हुन्। महेश बाबु दक्षिण भारतीय चलचित्रको ठूलो नाम हो। उनलाई टलिउडको राजकुमार पनि भनिन्छ।

भारतसँगै महेश बाबुको नेपालमा पनि राम्रो फ्यान फलोइङ रहेको छ। उनका हिन्दी डब गरिएका फिल्महरू नेपालमा निकै रुचाइने गरिन्छ। अगस्ट ९ १९७५ मा जन्मिएका महेश बाबुले आज ४७ औँ जन्मदिन मनाउदैछन्।

महेश बाबुको जन्म १९७५ मा चेन्नईमा दक्षिणी उद्योगका प्रसिद्ध अभिनेता, निर्माता तथा निर्देशक शिव रामा कृष्ण घट्टामानेनीको घरमा भएको थियो। 

महेश बाबुले ४ वर्षको उमेरमा फिल्म ‘नीदा’ मा अभिनय गरेका थिए। तर उनले फिल्म ‘राजकुमारुडु’ बाट अभिनेताको रूपमा आफ्नो करियर सुरु गरेका थिए। यही फिल्मबाट उनले टलिउडमा डेब्यु गरेका हुन्। उनले आफ्नै मेहनतले सिनेमा अलगै पहिचान बनाएका छन्।

उनी सबैभन्दा बढी शुल्क लिने सुपरस्टार मध्येका एक हुन्। साउथ सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारको सूचीमा उनी पर्छन्। भारतीय सञ्चारमाध्यमका अनुसार महेश बाबूले एउटा फिल्मका लागि ८० करोड पारिश्रमिक लिइरहेका छन्। महेश बाबुको कुल सम्पत्ति अर्बमा छ। अभिनेताको कुल सम्पत्ति करिब ३ अर्ब ९४ करोड रुपैयाँ छ।

अन्य सेलिब्रेटीजस्तै महेश बाबु पनि महँगो गाडीको मन पराउँछन्। अभिनेतासँग एकसेएक महँगा गाडी छन्। महेशसँग टोयोटा ल्यान्ड क्रुजर भी८, ल्यान्ड रोभर रेंज रोभर भोग, बीएमडब्ल्यू ७३० एलडी, मरेसिडिज बेन्ज जीएलएस ४५०, आउडी एएल जस्ता धेरै गाडीहरू छन्।

यस बाहेक महेश बाबुको आफ्नै भ्यानिटी भ्यान पनि छ जुन कुनै पाँचतारे होटल भन्दा कम छैन। यी भ्यानिटी भ्यानहरू लक्जरी सुविधाहरूले सुसज्जित छन्।  बीबीसीका अनुसार महेश बाबुको स्वामित्वमा रहेको भ्यानिटी भ्यान करिब ९ करोड ६० लाख भारतीय रुपैयाँको हो।

अभिनयसँगै महेश बाबु चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। महेश बाबु इन्टरटेनमेन्ट नामको उनको आफ्नै प्रोडक्सन हाउस छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×