सचिव बढुवाका लागि पौडेल, कार्की र पन्थको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

प्राप्त जानकारी अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×