काठमाडौँ - काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने बुलेट र क्रसफायर लगायतका मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। सोमबार ८९ वटा मोटरसाइकल लाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने ८९ वटा बुलेट र क्रसफायर मोटरसाइकललाई कारवाही गरेका छन्। मोडिफाइ गरेको कसुरमा चालकलाई पहिलोपटक ५ सय जरिवाना गरिएको सो कार्यालयले जनाएको छ।
चेकजाँचको क्रममा रोयल इनफिल्ड (बुलेट) मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर ठुलो आवाज निकाल्ने गरेको भेटिएको छ। उपत्यकामा रहेको ट्राफिक प्रहरीका ४६ वटा युनिटले कारवाही तिब्र बनाएका छन्।