फिल्म ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

काठमाडौँ - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने फिल्म ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ। घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो।

फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए। निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दै छन्।

ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ। ​एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।

फिल्मका निर्माता अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×