‘महापुरूष’ हेर्न पच्चीस वर्षपछि फिल्म हलमा कुलमान घिसिङ

काठमाडौँ - लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन्।

शनिबार चावहिलको एफएक्युब हलमा पुगेर उनले सपरिवार फिल्म हेरेका हुन्। मह जोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताएका छन्।

हेरेपछि प्रतिक्रिया दिँदै घिसिङले आफूलाई मन पर्ने सामाजिक विषयवस्तमा फिल्म बनेको बताएका छन्। ‘राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, घिसिङले भने, ‘मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने संदेश दिएको छ। फिल्म राम्रो बनेको छ।’

फिल्मले उठान गरेको कथावस्तु र अभिनयको प्रसंशा पनि गरे। घिसिङलाई दर्शकको रुपमा पाउँदा उत्साहित भएको निर्देशक प्रदीप भट्टराईले बताएका छन्।

‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ। आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ। कालकारहरु अरुण क्षेत्री र अञ्जना बराइली पनि हलमा पुगेका थिए। निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताएका छन्।

हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टको अभिनय रहेको छ। कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। भने निर्माता दिपेश खत्री रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×