डर्टमन्डको नयाँ प्रशिक्षक बने एडिन टेर्जिक

काठमाडौँ - जर्मन क्लब बोरुसिया डर्टमन्डले नयाँ प्रशिक्षक पाएको छ। बुन्डेसलिगा क्लब डर्टमन्डले एडिन टेर्जिकलाई मुख्य प्रशिक्षकको रुपमा पाएको हो।

डर्टमन्डले एडिनलाई २०२५ सम्मका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको बताएको छ।

गत शुक्रबार मुख्य प्रशिक्षक मार्को रोसलाई डर्टमन्डले बर्खास्त गरेको थियो। त्यसलगत्तै उसले एडिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। बुन्डेसलिगामा यस सिजन डर्टमन्ड दोस्रो स्थानमा रहेको थियो। गत सिजनमात्रै क्लबमा भित्रिएका मार्को एम सिजनमै बर्खास्त भएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×