काठमाडौँ - प्रेमकथामा निर्माण फिल्म ‘कृष्णलीला’ ३ भदौबाट रिलिज हुने भएको छ। फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसार समेत तिब्र बनाएको छ।
यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका केही पोस्टर समेत सार्वजनिक गरेको छ। जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम देखाइएको छ।
एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार-चढाव कथा फिल्मले उठाएको छ। दीपक वली निर्देशित फिल्ममा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईं लगायतको अभिनय रहेको छ।
शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको कथा लेखन रहेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन्। रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ रहेका छन्।