लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौँ। लोकप्रिय लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। आज बिहान भक्तपुरस्थित कौशलटारमा उनको निधन भएको हो। उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पा निवासी हुन्। आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्। खबरका अनुसार गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनकाे निधन भएकाे हो। उनी मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए।

उनले धेरै गीतमा आवाज मात्र दिएका छैनन् अनेकन चलचित्रमा अभिनय समेत गरेका छन्। उनका 'कलकत्ते काइँयो केश मेरो बाँगो', 'पानी पर्‍यो बलेसी', 'हेलम्बु डाँडापारि', 'मेरो माया छ भने त्यता', 'चुईं चुईं चुइँकने जुत्ता', 'पानको पात', लगायतका लोकगीतहरू निकै लोकप्रिय छन्।

उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’ आदि चलचित्रमा अभिनय गरेका छन् भने टेलिश्रृखंला ‘हल्का रमाइलो’मा पनि देखिदै आएका थिए।    

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×