गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला - तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ। 

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज  स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट  वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए।  विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य छ। सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ।   
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×