५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजरको ८४ लाख खोप खरिद गरिने

काठमाडौं । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनको लागि छलफल अगाडि बढाएको छ।

खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिनेवित्तिकै खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनले भने, ‘अहिले ५ देखि ११ वर्ष उमेर समूहका खोप लगाउने विषयमा मन्त्रालय र विभागमा सल्लाह हुँदैछ । खोप सल्लाहकार समितिले सिफारिस र सरकारको निर्देशन पछि खोप लगाउन शुरु गर्ने छलफल भएको छ।’

सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा. चौरसियाले जानकारी दिए ।

‘बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्राचार गरेका छौँ ’डा. चौरसियाले भनेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×