दिदी-बहिनी समाज मेलबर्न म्याराथन महोत्सवमा सहभागी

काठमाडौँ - नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्न म्याराथन महोत्सव २०२२ मा संस्थागत रूपमा पहिलो पटक सहभागिता जनाएको छ। उक्त महोत्सवमा नेपाली समुदायले नेपलिज रनर्स एन्ड वाकरको नामबाट सहभागिता जनाएको थियो।

अन्तर्राष्ट्रिय स्तरको खेलको लागि १ लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सवका लागि सहभागिता जनाएका करिब ३५ हजारबीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो।

उक्त महोत्सवमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिँडाइ गरी ५ फरक फरक विधामा ५० भन्दा बढीद्वारा सहभागिता जनाइएको थियो। यो महोत्सवमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहे तापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×