काठमाडौँ– १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। गएराति भएको खेलमा भारतले इङ्गल्याण्डलाई ४ विकेटले हराएको हो। इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो।
भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, राज बावाले ३५, हरनुर सिंहले २१ र यश धुलले १७ रनको योगदान गरे। इंग्ल्याण्डका लागि जोशु बाइडेन, जेम्स् सेल्स र थोमस स्पिनलले दुई दुई विकेट लिए। यस अघि टस जितेर व्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन बनाएको थियो।
इंग्ल्याण्डका लागि जेम्स् रेयूले ९५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन्। यस्तै, जेम्स् सेल्स्ले ३४, जर्ज थोमस्ले २७ तथा रिहान अहमेद र एलेक्स हर्टनले १०–१० रन बनाए। भारतका लागि राज बावाले ५ विकेट लिए भने रवि कुमारले ४ तथा कुशल तम्बेले एक विकेट लिए।
१९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो। यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो।