विश्वकप छनोटमा भुटानमाथि नेपालीको सानदार जित

काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट पहिलो जित दर्ता गरेको छ। युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज (मंगलबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन  र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो। भुटानको पाली ध्वस्त पार्ने क्रममा सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्। यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित भएको थियो।छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×