काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)को सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले भारत बाहिर किनेको दुई फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
मुम्बईले भारतबाहिर संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण अफ्रिकामा हुने टी-२० लिगका टोली किनेको थियो। मुम्बईले सामाजिक सञ्जालमा १ भिडियो सेयर गर्दै टोलीको नाम र लोगो सार्वजनिक गरेको छ।
मुम्बईले युएईमा हुने टी-२० लिगमा टोलीको नाम ‘एमआई इमिरेट्स’ राखेको छ। यस्तै, मुम्बईले दक्षिण अफ्रिकी टोलीको नाम ‘एमआई केपटाउन’ राखेको छ।
मुम्बई हालसम्म आईपीएलमा ५ पटक उपाधि जितिसकेको छ।