काठमाडौं– फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडको जर्सीमा ६ सयौं खेलको आँकडा पूरा गरेका छन्।च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको पहिलो खेगमा बेन्जेमाले करिअरको ६ सयौं खेल पूरा गरेका हुन्। तर, उनको ६ सयौं खेल भने सम्झनलायक बनेन। इतिहाद स्टेडियममा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस रियललाई ४–३ गोलअन्तरले हराएको थियो।
सिटीविरुद्धको दुई गोलसँग बेन्जेमा यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले यो सिजन १४ गोल गरेका छन्। तिमध्ये उनले नकआउटको ३ खेलमै ९ गोल गरिसकेका छन्।
यता, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की उनलाई पछ्याइरहेका छन्। लेवान्डोस्कीले १३ गोल रहेको छ। यद्यपि, बार्यन प्रतियोगिताबाट भने बाहिरिसकेको छ।