काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकप फाइनलको लागि ३० लाख टिकटको माग पाएको छ। यस्तै, समूह चरणमा केही ठूला टोलीबीच हुने खेलको लागि पनि टिकटको माग गरिएको छ।
फिफाको अनुसार २६ नोभेम्बरमा ८० हजार दर्शक क्षमता भएको लुसेल रंगशालामा हुने खेलको लागि २५ लाख टिकट माग भएको छ। सो दिन अर्जेन्टिना र मेक्सिकोबीच खेल हुनेछ। यो खेलको एक दिन अगाव हुने अमेरिका र इंग्ल्यान्डबीच खेलको लागि १४ लाख दर्शकले हेर्न चाहेको बताइएको छ।
विश्वकपको लागि टिकट विक्रीको दोस्रो चरणमा अमेरिका, इंग्ल्यान्ड र कतारबाट २० लाखभन्दा बढी टिकटको माग गरिएको हो। जबकी अन्तर्राष्ट्रिय समर्थकहरुको लागि २०१८ फाइनलको तुलनामा यसको मूल्य ४६ प्रतिशतसम्म बढाएको।
यसपटक नियमित मितिमा विश्वकप सञ्चालन हुने छैन। कतारमा आयोजना हुने भएको हुँदा मिति सारिएको छ २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकप नेपालको मौसमअनुसार पहिलोपटक जाडो याममा हुनेछ।