नवौँ राष्ट्रिय खेलकुदः ‘आइटिएफ तेक्वान्दो’का खेलाडी बागलुङमा

बागलुङ - आजदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘आइटिएफ तेक्वान्दो’मा सहभागी हुन १० समुहका दुई सय ५० खेलाडी बागलुङ बजार आइपुगेका छन्। ‘आइटिएफ तेक्वान्दो’ प्रतियोगिता खेलाउन बागलुङको बांगेचउरमा तयारी भएको छ।

खेलका लागि ७ प्रदेश र ३ विभागीय समूहका खेलाडी बागलुङ बजार आएका हुन्। आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि बागलुङ नगरपालिकाको अगुवाइमा पूर्वाधार निर्माणको काम भइरहेको छ। बागलुङ नगरपालिका-१ को बांगे चउर खेल मैदान नजिककैको कवर्ड हलमा खेल खेलाइने भएको हो। खेलका लागि अफिसियलसमेत गरी तीन सय बढीको सहभागिता रहनेछ।

तीमध्ये अधिकांश खेलाडी बागलुङ आइसकेको आइटिएफ महासंघका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताएका छन्। खेलस्थलमा झण्डा, व्यानरसमेत टाँगिएको छ। शनिबार उद्घाटन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र भजनसमेत प्रदर्शन गरिने कार्यक्रम छ। 

खेलाडी, खेलसँग सरोकार राख्ने, स्थानीय बासिन्दासमेतले खेल उद्घाटनका दिन बागलुङ बजारमा मार्चपाससमेत गर्नेछन्। ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९ वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगतामा भाग लिनेछन्। तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आइटिएफका सचिव राजु खड्काले बताएका छन्।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ७० केजी र पुरुषतर्फ ५० केजीदेखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गर्ने व्यवस्थापन मिलाइएको छ। खेलका लागि सुरक्षा व्यवस्थासमेत पूरा भएको प्रजिअ रमेश ढकालले जानकारी दिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×