'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक

काठमाडौं - प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। 

'केजिएफ २' को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यसअघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म 'बाहुबली २' को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। 'केजिएफ २' ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म 'दंगल'लाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएको हो। 

आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो।

त्यस्तै भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पनि 'केजिएफ २' दोस्रो स्थानमा छ। सबै भाषामा भारतबाट मात्रै ९ अर्ब २२ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गरेको फिल्म 'बाहुबली २' भन्दा पछाडि छ। बाहुबली २ को कमाइ १४ अर्ब २९ करोड रहेको छ। भारतमा केजिएफ २ ले गत मार्चमा प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित 'आरआरआर'लाई पनि पछाडी पारेको छ। तेस्रो नम्बरमा रहेको 'आरआरआर'ले भारतमा मात्रै ७ अर्ब ५० करोड कलेक्सन गरेको छ। 

विश्वव्यापी कलेक्सनमा भने तेस्रो नम्बरमा रहेको 'आरआरआर' चौथो नम्बरको केजिएफ २ भन्दा ३८ करोड रूपैयाँले अगाडि छ। 'आरआरआर'को कमाइ ११ अर्ब २२ करोड रहेको छ भने 'केजिएफ २' को कमाइ १० अर्ब ८४ करोड रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×